काठमाडौं । यमनमा हुथी विद्रोही र सरकारबीचको संघर्षका क्रममा हुथी विद्रोहीले भर्ना गरेका १५ सय बालबालिका मारिएको एक तथ्याङ्कले देखाएको छ ।
संयुक्त राष्ट्रसंघले हालै सुरक्षा परिषद्लाई बुझाएको प्रतिवेदनमा सन् २०२० मा भएको संघर्षमा १५ सय बालबालिका मारिएको उल्लेख गरेको छ ।
३ सय पृष्ठ लामो प्रतिबेदनमा हुथी विद्रोहीले यमनको विभिन्न शिविर र मस्जिदहरूमा धमाधम बालबालिका भर्ती गरीरहेकाले आगामी दिनमा थप बालबालिकाको संघर्षको क्रममा मारिने आकलन गरिएको छ ।
प्रतिवेदनमा सन् २०२० मा मात्रै भर्ती भएका १४ सय बढी बालबालिको सुची प्राप्त गरेको भन्दै युद्धको मारमा बालबालिका परेको उल्लेख गरिएको छ । हुथी विद्रोहीले भर्तीकै क्रममा सात बर्षका बालबालिकाहरू पनि लिने गरेको खुलासा भएका छ ।
उनीहरूलाई हतियार सफा गर्ने कार्यमा प्रयोग गर्ने गरिएको छ ।