एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले वुल्भ्सलाई १–० गोलले हराएको छ ।
सोमबार राति वुल्भ्सको घरेलु मैदानमा घरेलु टोलीलाई हराउँदा लिभरपुलका लागि डिएगो जोटाले निर्णायक गोल गरे । जोटाले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।
उक्त जितसँगै लिभरपुल छैटौँ स्थानमा उक्लिएको छ । हाल लिभरपुलले कुन २९ खेलबाट ४६ अंक जोडेको छ । यता पराजित वुल्भ्स भने ३५ अंकका साथ १३औँ स्थानमा छ ।