एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा हुएस्कामाथि ४–१ गोलको जित दर्ता गराएको छ । बार्सिलोनाले जितमा कप्तान लियोनल मेस्सीले २ तथा एन्टोइन ग्रिजम्यान र ओस्कार मिन्ङ्ग्एजाले समान १/१गोल गरे । हुएस्काका राफा मिरले एक गोल फर्काए ।
क्याप नोउमा जारी खेलको १३औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यस्तै ३५औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्ज्युरी सयममा राफा मिरले पेनाल्टीमा गोल गर्दै हुएस्कालाई खेलमा फर्काउने प्रयास गरे । तर ५३औँ मिनेटमा मिन्ङ्गुएजाले गोल गर्दै बार्सिलोलाई ३–१ गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ९०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–१ गोलान्तरको जित दिलाए ।
उक्त जितसँगै बार्सिलोना साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले २७ खेलबाट ५९ अंक बनाएको छ । ५७ अंक भएको रियल मड्रिड तेस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिकोसँग भने ६३ अङ्क छ ।