माघ १७, २०७८ सोमबार

पेशावर : पाकिस्तानमा पादरी (इसाई धर्मगुरु) माथि गोली हानी हत्या गरिएको छ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा आइतबार प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या गरिएको हो । 

सो घटना पेशावरस्थित गुलबहारमा भएको हो । बन्दुकधारीहरूले पादरी विलियम सिरजको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बन्दुकधारीको गोली लागि अन्य क्रिस्चियन धर्मावलम्बीहरू  पनि घाइते भएको बताइएको छ । 

सन् २०१७ को जनगणनाअनुसार इसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक समुदाय हो ।