नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्नको लागि १७ जनाले आवेदन दिएका छन् । यसअघिका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल २३ पुसमा सकिएपछि यो पद रिक्त रहेको छ ।
२५ पुसमा खुलाइएको आवेदन १६ माघसम्म दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन दिनेमा निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट, उद्योग विभागका पूर्वमहानिर्देशक जीवनप्रकाश भट्टदेखि कांग्रेस नेताहरूसमेत रहेका छन् ।
कस(कसले दिए आवेदन ?
जीवनप्रकाश सिटौला
विष्णुबाबु मिश्र
हरिभक्त शाही
लक्ष्मण पौडेल
लोकबहादुर खड्का
कृष्णप्रसाद यादव
तारानाथ पौडेल
चित्तरन्जन दास
रामदेव यादव
चण्डिकाप्रसाद भट्ट
उमेशप्रसाद थानी
पंकजकुमार दास
हरिवंश आचार्य
आनन्दप्रसाद चन्द
भुपेन्द्रप्रसाद अर्याल
सञ्जय कुमार