काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको त्रिदेशीय फुटबल प्रतियाेगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फूटबल संघ(एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार उत्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् भने, नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानको सामना गर्ने भएको छ ।
यो प्रतियोगिता आगामी चैत १० गतेबाट दशरथ रंगशालामा शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल चैत १२ गते किर्गिस्तानसँग खेल्नेछ भने दोस्रो खेलमा चैत १४ गते बंगलादेशको सामना गर्नेछ । यस्तै समुह चरणकाे शिर्ष स्थानमा रहने दुई टोलीले उपाधिको लागि चैत १६ गते प्रतिस्पर्धा गर्नेछन् ।
फिफा विश्वकप छनोट अन्तर्गतका खेलहरु स्थगित भएपछि एन्फाले त्रिदेशीय फुटबल प्रतियाेगिता आयोजना गरेको हो ।