माघ १८, २०७८ मंगलबार

काठमाडौं, माघ १८ गते। मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका छन्।नेपाल १० खेलाडीमा सीमित छ भने मोरिससको टिममा ९ खेलाडी छन्।

खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्लले समेत रातो कार्ड पाएका छन् ।

नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य भए ।