माघ १८, २०७८ मंगलबार

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर तीन/तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। 

यति हुँदा समेत प्रति महिना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।