काठमाण्डौ : अस्ट्रेलियामा गोरखा लिजेन्ड क्रिकेट क्लबले गत आईतबार बेलुका यस सिजनको विभिन्न विधाका उत्कृष्ट रहेका खेलाडीहरुलाई विभुषित गरेको छ। होर्वाड सहरमा सम्पन्न उक्त सम्मान कार्यक्रममा यस सिजन क्लबबाट विभिन्न प्रतियोगितामा सहभागी रहि उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलाडीहरु सम्मानित रहे।
क्लबले गएको सिजनमा टोलीको प्रदर्शन बारेमा समिक्षा तथा आगामी दिनमा क्लबका कार्ययोजनाको घोषणा भएको क्लबका संयोजक प्रकास उप्रेतीले जानकारी गराउनु भयो।
उक्त कार्यक्रममा सम्मानित हुने र सम्मान पाएका विधाहरु यसप्रकार छन्:
बर्षका सर्वोकृष्ट खेलाडी -गोविन्द कार्की
बर्षका सर्वोकृष्ट ब्याट्सम्यान-गोविन्द कार्की
बर्षका सर्वोकृष्ट बलर-अंजित लम्साल
बर्षका उदयमान खेलाडी-सन्दिप अधिकारी
बर्षका सर्वोकृष्ट फिल्डर-सन्दिप अधिकारी
बर्षका सर्वोकृष्ट युवा खेलाडी-आयुप न्यौपाने
यस क्लबले आफ्ना यस अघिका कप्तान सागर खड्काको बिदाई तथा आउने सिजनका लागि नियुक्त कप्तान अमृत भट्टराईलाई स्वागत समेत गरेको छ। सामाजिक कार्यकर्ता पुनम पन्त तथा क्लबका अध्यक्ष उप्रेतीले सबै प्रायोजक तथा समर्थकहरुलाई धन्यबाद दिए।