चैत ३, २०७७ मंगलबार

काठमाडौँ : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ करङडाँडामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ,भने सात जना घाइते भएका छन् ।

बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनीष श्रेष्ठको छन् ।

चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाइएको छ ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।