माघ २०, २०७८ बिहिबार

कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई हराएको छ ।

कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएको हो ।

क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एकरएक गोल गरे । जितसँगै क्यानडा विश्व कप छनोटको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ ।

यस्तै अर्को खेलमा अमेरिकाले होन्डुरसलाई हराएको छ । अमेरिकाले होन्डुरसलाई ३–० गोलले हराएको हो । अमेरिकाका वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क्रिस्चियन पुलिसिचले एकरएक गोल गरे । जितसँगै अमेरिकाले ११ खेलमा २१ अङ्क जोडेको छ ।

अमेरिका अङ्क तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाको विश्व कपमा पुग्ने सम्भावना कायमै छ । होन्डुरस तीन अङ्क जोडेर पुछारमा रहेको छ ।