काठमाडौं ,माघ २० गते । बाराको कोल्हवी नगरपालिका वडा न ११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साह तीन हजार पाँच सय घुससहित पक्राउ परेका छन् ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलिले रंगेहात पक्राउ गरेको आयाेगा सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको छ ।