एजेन्सी : यूएईका दुई क्रिकेटरलाई आईसिसिले प्रतिबन्ध लगाएको छ
यूएईका दुई क्रिकेटर मोहम्मद नाभिद र सैमन अनवरलाई आठ बर्षको प्रतिबन्ध लागेको छ ।आइसीसीको एन्टी करप्सन कमिटीले दुबै खेलाडीलाई आठ बर्ष क्रिकेटका कुनै गतिविधीमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको हो ।
दुबै खेलाडीले आइसीसीको एन्टी करप्सनको नियम उलंघन गरेको आरोप लागेको छ । उनीहरुलाई सन् २०१९ को अक्टोबर १६ बाट लागु हुने गरेर कारवाही सुनाइएको हो ।
उनीहरुले सन् २०१९ मा यूएईमा भएको टी २० विश्वकप छनौट प्रतियोगिताका बेला खेल मिलोमतो गर्न खोजेको आरोप लागेको छ ।
आइसीसीको एन्टी करप्सन प्यानलले दुबैको मौखिक र लिखित रुपमा धारणा लिँदा उनीहरु गलत भएको ठहर गरेको हो ।