माघ २१, २०७८ शुक्रबार

नेपाली बजारमा आज ९शुक्रबार० सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।