चैत ३, २०७७ मंगलबार

पहिलो संस्करणको सराङ्गे छहारी भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।आयोजक अशिम युथ क्लबको मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
बसपार्कस्थित ढोरपाटनको कोर्टमा हुने पहिलो संस्करणको प्रतियोगिता चैत ४ (बुधबार) बाट ७ गतेसम्म संचालन हुने यस प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाद्वारा हुनेछ ।
 प्रतियोगितामा २० टोली सहभागी हुने पक्का भएको सो प्रतियोगिताको अनुमानित लागत रहेको पत्रकार भेटघाटका अवसरमा बताईएको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त र उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्दा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।