माघ २२, २०७८ शनिबार

भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । 

संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । 

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १ हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या ५ लाख १ हजार ११४ पुगेको छ । 

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । 
एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय संक्रमितहरूको सङ्ख्या तीव्र रूपमा घट्दै गइरहेको छ।