चैत ३, २०७७ मंगलबार

एजेन्सी

एजेन्सी : पोर्चुगलले आफ्नो टोलीका नियमित कप्तान  क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीमा बोलाएको छ । मङ्गलबार पोर्चुगलले विश्वकप छनोटअन्तर्गत अजरबैजान, सर्बिया र लक्जम्बर्गविरुद्ध खेल्ने टोलीको घोषणा गरेको हो ।

पोर्चुगलले विश्वकप छनोटअन्तर्गत आगामी मार्च २४ मा अजरबैजानसँग खेल्दैछ भने त्यसको ठिक तीन दिनपछि अर्थात् २७ मार्चमा सर्बियासँग खेल्नेछ । भने ३० मार्चमा पोर्चुगलले लक्जम्बर्गको सामना गर्नेछ ।

यिनै तीन खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्टोसले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

जसमा कप्तान रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, जाओ फेलिक्स, पेपे, आन्द्रे सिल्भा, डिएगो जोटा, बर्नान्डो सिल्भा, डेनिलो पेरेइरा, रेनाटो सान्चेस, जाओ क्यान्सेलो, रुबेन डियाज, राफा सिल्भा, पेड्रो सिल्भालगायत आदि टोलीमा मावेश छन् ।