माघ २२, २०७८ शनिबार

नेपालगञ्ज, माघ २२ गते । निरन्तरको वर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति बेहोर्नुपरेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशतभन्दा बढी काँचो इँटाहरू वर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाइ छ ।

नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेका सचिव सूर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा इँट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताए । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको बताए ।