माघ २३, २०७८ आइतबार

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३९ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।