चैत ४, २०७७ बुधबार

एजेन्सी : कप्तान ईयोन मोर्गनको १००औ टिट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्याण्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ। 

भारतले दिएको १५७ रनको लक्ष्य पाहुना टोली इंग्ल्याण्डले १८.२ ओभरमा २ विकेट गुमाएर भेटेको थियो। 

टस हारेर ब्याटिङको निम्तो पाएको भारतिय टिमले निर्धारित २० ओभरमा १५६ रन बनाउदा ६ विकेट गुमाएको थियो। उसका लागि अन्य ब्याट्सम्यानहरु खासै नचल्दा कप्तान विराट कोहोली भने ४६ बलमा ७७ रनको पारी खेलेका थिए। इंग्ल्याण्डका लागि मार्क वुडले ३ तथा क्रिस जोर्डनले २ विकेट हात पारे। 

१५७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात राम्रो गर्न सकेन उसका ओपनर जेसन रोय मात्र ९ रनमा चौथो ओभरमा नै पेभेलियन फर्किए। भने अर्का ओपनर जस बटलरले ५२ बलमा ८३ रनको बिजयी पारी खेले। भारकका लागि युजवेन्द्र चहल र वासिंटन सुंदरले १/१ विकेट लिए।
 २००९मा नेदरल्याण्ड विरुद्ध लड्समा टिट्वान्टिमा डेब्यु गरेका इंग्ल्याण्डका कप्तान मोर्गनको यो १००औ टिट्वान्टी खेल रहेको थियो। 
५ खेलको टिट्वान्टी शृखंलामा पाहुना टोलीले २-१ ले अग्रता बनाएको छ।