माघ २३, २०७८ आइतबार

काठमाडौं, २३ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अङ्कले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक प्रि ओपनिङमा ०.३० अङ्कले बढेको हो ।

यससँगै सूचक २८७७.०४ विन्दुमा आएको छ । १ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर कारोबार भएको छ । १४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको कम्पनीको घटेको छ ।

अन्य कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।