एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको आफ्नो दोस्रो लेगको खेलमा सहज जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम आठमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाचमाथि २–० गोलको र समग्रमा ४–० गोलको जितसहित सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको हो
दोस्रो लेगमा सिटीलाई जिताउन केभिन डी ब्रुयन र इल्के गुन्डोगानले समान एक–एक गोल गरे । यसअघि पहिलो लेगको खेलमा सिटीले मोन्चेनग्लाडबाचलाई २–० गोलले नै हराएको थियो ।
खेलको १२औँ मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । १८औँ मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए । र, बाँकी समय गोल नहुँदा सिटीले २–० गोलको जित दर्ता गर्दै अघिल्लो चरणमा स्थान बनाएको हो ।