काठमाण्डौ : चुलि युवा क्लबको आयोजनामा यहि चैत्र ११ देखि १४ गते सम्म पहिलो संस्करणको प्रथम चुली कप प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७७ हुने भएको छ।
सुर्खेतको विरेन्द्रनगरमा हुने सो प्रतियोगितामा राष्ट्रिय टिममा समेत आबद्ध विभिन्न खेलाडी बाहेकाको सहभागीता रहने आयोजकले जानकारी दिए।प्रतियोगिताको सम्पुर्ण तयारी समेत अन्तिम चरणमा पुगेको छ।
यस प्रतियोगिताको बारेमा थप जानकारी लिन आयोजक चुली युवा क्लबका अध्यक्ष महेश जि सीलाई ९८५८०५१७०६ मा सम्पर्क गरि थप जानकारी लिन सक्नु हुन्छ।
बिजेताले २ लाख ,उपबिजेताले १ लाख ५० हजार ,तेस्रो हुनेले १ लाख तथा सान्त्वनाले ५०हजार पाउने छन्।
टिम दर्ताका लागि भने १० हजार लाग्नेछ। टिम दर्ता भने १० गते सम्म खुला रहने छ।