माघ २४, २०७८ सोमबार

स्पेनिस लालिगामा रियल म्याड्रिडले ग्रानडालाइ १-० ले पराजित गर्दै शिर्ष स्थानमा अग्रता कायमै राखेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलका लागि मार्को एसेन्सियोले गरेको एकमात्र गोल निर्णायक बनेको थियो।

घरेलु मैदानमा रियलले अन्तिम समयमा गोल गरेको थियो। निर्धारित समय सकिन १७ मिनेट बाँकी छँदा एसोन्सियोले मिलिटाओको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चित गरेका थिए। करिम बेन्जाम, भिनिसियस जुनियर विना मैदानमा उत्रिएको रियल खेलमा पकट बनाएपनि गोलका लागि भने संघर्षरत देखिएको थियो।

आइतबार नै भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई २-० ले पराजित गर्‍यो। त्यस्तै भ्यालेन्सिया र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

लिगमा रियल म्याड्रिडको २३ खेलबाट ५३ अंक भएको छ। दोस्रो स्थानको सेभिल्लाको समान खेलबाट ४७ अंक छ। चौंथो स्थानमा उक्लिएको बार्सिलोनाको ३८ अंक छ।