माघ २४, २०७८ सोमबार

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेको छ । आज चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।