माघ २४, २०७८ सोमबार

एजेन्सी, २४ माघ। दक्षिण कोरियाले प्रचलनमा आएको मास्कले नाक र मुखको सट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई ‘कोस्क’ नाम दिइएको छ ।

‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको जनाइएको छ । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो अस्वाभाविक मास्कमा लगाउने मानिसको मुख नढाक्ने गरी बनाइएको छ ।

खानेकुरा खाँदा कोभिडविरुद्ध कुनै तहबाट जोगिने उदेश्यले उक्त मास्क डिजाइन गरिएको देख्न सकिन्छ । नयाँ मास्क (कोस्क) जुनसुकै बेला नाक मात्र छोपेर लगाउन सकिन्छ । दक्षिण कोरियामा मात्र उपलब्ध हुने र नाक मात्र ढाक्ने कोस्कको अस्वाभाविक लहरले पश्चिमा देशहरूमा एक खालको विवाद ल्याएको हो । कसैले यसलाई काम नलाग्ने सामान भनेका छन् । ‘नाकमुनि मास्क लगाउने मानिसका लागि यो मास्क भिन्न देखिँदैन,’ एक जना ट्विटर प्रयोगकर्ताले कोस्कबारे टिप्पणी गर्दै लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरूले यो पनि देखाएका छन् कि नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो । र, केही स्वास्थ्य विज्ञहरूको यो पनि विश्वास छ की मास्क नै नलगाउनु भन्दा नाक मात्र ढाक्ने मास्क लगाउनु उचित हुन्छ ।

‘सम्भवत यसले सामान्य भिन्नता राख्छ,’ डिकिन्स इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका प्राध्यापक क्याथरिन बेन्नेटले भनेका छन् । मास्क बनाउने तरिका अनौठो भएको उनले बताएका छन् ।