चैत ४, २०७७ बुधबार

काठमाण्डौ ; नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसिय मान्यता पाएको हिजो ३ बर्ष भएको छ ।यस बिचमा नेपाल क्रिकेट संघ(क्यान)को तहबाट एकदिवसिय मान्यतालाई अझ शसक्त बनाउन केही पहल कदमी चाले पनि त्यो पर्याप्त भने नभएको स्पष्ट देखिन्छ ।

खेलाडीहरुलाई लामो फम्यार्टको क्रिकेटमा अभ्यस्त बनाउन २ दिने,३ दिने तथा ४ दिने प्रतियोगिताहरु ऋायोजना गर्नु पर्नेमा त्यो हुन नसकेको स्पष्ट देख्न सकिन्छ । केन्द्रको क्रिकेट संघ यि कुरामा अग्रसरताका साथ नलागिरहेको अवस्था बागमती प्रदेश क्रिकेट संघ भने यसको तयारीमा जुटेको छ। हामीले सधै केन्द्रको मात्र भर नपरि प्रदेश क्रिकेट संरचना नै बलियो बनाउन लाग्नु पर्ने भएको छ बागमती क्रिकेट संघका सचिव समेत रहनु भएका संघका केन्द्रीय सदस्य तथा नुबाकोट क्यान अध्यक्ष समेत रहनु भएका दुर्गा राज पाठकले बताउनु भयो।

खेलाडीहरुलाई विभागिय टोलीबाट मिलेको सेवा सुविधाका कारण सबैको मोह विभागिय टोली तर्फ रहन गएका कारण हरेक प्रदेशका टोलीहरु कमजोर देखिएको अवस्थामा बागमती प्रदेशले खेलाडीलाई आकर्षण गर्ने विभिन्न सेवा सुविधा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पाठकको भनाई रहेको छ । म एक जिल्लाको नेतृत्वकर्ता रहेको हिसाबले पनि मेरो नेतृत्व रहेको जिल्लामा मैले विद्यालय तहबाट नै क्रिकेटको विकास गराउने उद्देश्यले काम गरिरहेको तर त्यसमा केही समस्याका कारण ढिलाई हुन पुगेको पाठक बताउन्छन् ।

हामी जहाँ जुन किसिमका प्रतियोगिता गर्दैछौ यसमा मुख्य समस्या भनेको आर्थिक बिषय नै रहेको छ । कोरोनाले अर्थतन्त्रमा जुन किसिमको असर पारेको छ त्यसबाट लगानी गर्ने मनस्थितिमा धेरै नरहेकाले हामीलाई ठुलो समस्या परि रहेका छ पाठकले नेपाल मार्गसँगको कुराकानीका क्रममा जोडे ।