माघ २६, २०७८ बुधबार

नेपाल प्रहरीका ७ हजार ३४४ जना जवानहरूको मंगलबार राति सरुवा भएको छ । 


फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानीय तह निर्वाचन घोषणा पछि ठूलो सङ्ख्यामा जवानहरूको सरुवा गरिएको हो ।