नेप्सेको उच्च गिरावटले साताको चौथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १६ अंकले घटेको नेप्से आज पनि २२ दशमलव ११ अंकले घटेर २८ सय १३ दशमलव ४७ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५१ अंकले घटेर पाँच सय २८ दशमलव ९९ अंकमा पुगेको छ । दुई सय २३ कम्पनीको ४५ हजार एक सय १२ पटकको कारोबारमा ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम तीन अर्ब ४७ करोड ११ लाख नौ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो देखिएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ४२ अंकले घटेर १७ सय ९३ दशमलव ३९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ४६ दशमलव सात अंकले घटेर ४९ सय १३ दशमलव ८४ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ३२ दशमलव ७२ अंकले घटेर ३४ सय आठ दशमलव १९ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ९८ दशमलव ७५ अंकले घटेर १३ सय २७ दशमलव एक अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ५४ दशमलव ३४ अंकले घटेर १५ हजार चार सय ८६ दशमलव पाँच अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज बुद्धभूमि नेपाल हाइड्रो लिमिटेडको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ६४ प्रतिशतले घटेर ६ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ७३ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ६१ लाख ६९ हजार सात सय ६५ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।