माघ २७, २०७८ बिहिबार

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच पर्सि शुक्रवार फेब्रुअरी ११ तारिखदेखि हुने चार देशीय टी–२० शृङ्खलाको प्रत्यक्ष प्रसारण हिमालय टीभीले गर्ने भएको छ ।

प्रत्यक्ष प्रसारणको अधिकार किनेको एड प्याड नेपालले नेपालमा हिमालय टेलिभिजन, युट्युबमा ओएसआर स्पोर्ट्स र दराज एपमार्फत हुने जनाएको छ ।

शृङ्खलाको पहिलो खेल पर्सि ११ तारिखमा नेपाल र ओमानबीच हुनेछ । यस्तै १२ तारिखमा यूएई र १४ तारिखमा नेपालले आयरल्यान्डसँग खेल्दैछ । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।