चैत ४, २०७७ बुधबार

काठमाडौं ; ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–४ मा रहेको जङ्गलमा आगलागी भएको छ । मङ्गलबार रातिबाट आगलागी सुरु भएको हो । बुधबार बिहानसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।

स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रमा लिने प्रयास गरिरहेको छ । ओखलढुङ्गाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार आगलागीका कारण जङ्गलनजिकै रहेको बस्ती जोखिममा छ । आगो नियन्त्रणका लागि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली पठाइएको उनले बताइन् । हिजो राति करिब ९ बजेबाट आगलागी सुरु भएको रहेछ,’ उनले भनिन्, ‘दमकल जानसक्ने ठाउँ छैन, पानीको मुहान पनि छैन, स्यउलाले आगो निभाउने प्रयास भइरहेको छ ।’ बस्तीनजिकै रहेको जङ्गलमा आगलागी भएकाले निभाउने प्रयास भइरहेको उनले बताइन् ।