बैंक तथा वित्तीय संस्थाहरूले अब विद्युतीय माध्ययमबाटै अधिकतम् ५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । बैंकहरूले इन्टरनेट बैंकिङसँगै मोबाइल बैंकिङ तथा विविध विद्युतीय भुक्तानीका साधानहरूबाट २ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका हुन् ।
शुक्रबार राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।