नेपाली सेनाले पाल्पा दरबार सैनिक संग्रहालय हस्तान्तरण गरेको छ । पाल्पा दरवार संग्रहालयका प्रमुखलाई सेनाले विधिवत रूपमा संग्रहालय निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त संग्रहालय सेनाले विभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभूषण तथा विभूषण र महत्वपूर्ण दस्तावेजहरु समाविष्ट गरी निर्माण गरेको हो ।