राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युथ फोर्स विभागले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ गरेको छ। आज दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो।
प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गरेका थिए ।