माघ २९, २०७८ शनिबार

चारदेशीय टी- २० शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रिँदै छ । शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पाैने १२ बजेदेखि सुरु हुनेछ ।


शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ  दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन बनाएका दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो । आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।