फागुन १, २०७८ आइतबार

जर्मन बुन्डेस लिगामा बार्यन म्युनिख भिएफएल बोचुमसँग १८ वर्षपछि पराजित भएको छ। बोचुमले बार्यनलाई ४(१ ले पराजित गर्दा बार्यन बुन्डेस लिगामा पहिलो हाफमै चार गोल पनि १९७५ पछि खान पुग्यो।

रोबर्ट लेवान्डोस्कीको गोलमार्फत बार्यनले नवौं मिनेटमै अग्रता बनाए पनि जोगाउन भने सकेन। अन्ट्वी एडलेलले १४ औं मिनेटमा बोचुमलाई बराबरी ल्याए। ३८ औं मिनेटमा बोचुमले पाएको पेनाल्टीलाई लोकाडियाले सदुपयोग गर्दा बार्यन खेलमा पछि परेको थियो।

गाम्बोले ४० औं मिनेटमा तेस्रो गोल गर्दा पहिलो हाफको अन्तिम मिनेटमा होल्टमानले टिमलाई ४(१ को अबस्थामा पुर्‍याउँदै प्रभावशाली सुरुवात दिलाएका थिए।

दोस्रो हाफमा बार्यनले लेवान्डोस्कीकै ब्यक्तिगत दोस्रो गोलमा ७५ औं मिनेटमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। त्यसपछि दुवैतर्फबाट थप गोल हुन नसक्दा बार्यन ४(२ ले स्तब्ध रह्यो। यो वार्यनको २२ खेलमा चौथो हार हो।

पहिलो हाफमै बार्यनले यसअघि यनट्रयाच फ्रान्कफर्टसँग १९७५ को नोभेम्बरमा भोगेको थियो। जतिबेला बार्यन ६(० ले पराजित भएको थियो।

हारपछि पनि बार्यन लिग अंक तालिकामा ५२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। जितपछि ११ औं स्थानमा रहेको बोचुमको २८ अंक भएको छ।