फागुन १, २०७८ आइतबार

भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा उपस्थित नहुने भएकी छिन् । हालैमात्र आमा बनेकी प्रीतिले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै त्यसको कारण पनि उल्लेख गरेकी छिन् ।


प्रीतिले आफ्ना जुम्ल्याहा सन्तानलाई एक्लै छोड्न नसक्ने भएकाले अक्सनमा उपस्थित हुन नसक्ने बताएकी छिन् ।

उनले आफ्ना फ्यानलाई कोही खेलाडी अथवा आफ्नो टिममा कसैलाई राख्न चाहने हो भने सिफारिस गर्न सुझाव दिएकी छिन् ।


प्रीतिको कुरा गर्दा उनी गत वर्ष नोभेम्बरमा सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानको आमा बनेकी थिइन् । आमा बनेपछि उनी सन्तानको स्याहारसुसारमा व्यस्त छिन् । विवाहको पाँच वर्षपछि प्रीति र उनका पति जीन गुडइनफको घरमा सन्तानको आगमन भएको हो ।