फागुन १, २०७८ आइतबार

भाषा वैज्ञानिक नोम चम्स्कीले भारतमा इस्लामफोबिया बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले मोदी सरकारले धर्मनिरपेक्ष लोकतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्।

मोदी सरकारले भारतमा धर्मनिरपेक्ष लोकतन्त्रलाई व्यवस्थित रूपमा नष्ट गरी हिन्दू राष्ट्र निर्माण गरिरहेको दाबी गर्दै यसले स्वतन्त्र विचार र मुस्लिमविरुद्धको शिक्षा प्रणालीमा आक्रमणको रूपमा अन्य रूप पनि लिइरहेको चम्स्कीले बताएका हुन्।

प्राध्यापक चम्स्कीले 'भारत घृणाको भाषण र र हिंसामाथि भारतको खस्कँदो अवस्था' विषयमा विशेष छलफलमा इस्लामफोबियाको प्रभाव पश्चिमभरि बढिरहेको र यसले भारतमा आफ्नो सबैभन्दा घातक रूप लिइरहेको बताए।

एक महिनामा अमेरिकामा प्रवासी संगठनले भारतमा साम्प्रदायिकताको विषयमा छलफल गरेको यो तेस्रोपटक हो।

उनले भने‚ 'कश्मीरमा अत्याचारको इतिहास छ। मोदीको दक्षिणपन्थ र राष्ट्रवादी शासनअन्तर्गत यी अत्याचार बढेको हो।'

चम्स्की यहुदी धर्मावलम्बी हुन्। 

"Pathology of Islamophobia is taking its most lethal form in India, where Narendra Modi government is systematically dismantling Indian secular democracy."

~~Professor Noam Chomsky said during a special Congressional Briefing on “Worsening Hate Speech & Violence in India." pic.twitter.com/sLFqgvpuAA

अमेरिकी ​नागरिक चम्स्कीले दक्षिण एसियाको अवस्था अत्यन्तै दुःखलाग्दो अवस्था रहेको बताए। यो केवल भारतमा मात्र होइन पाकिस्तानमा पनि रहेको पनि उनले स्पष्ट पारेका छन्।

'यो भयानक विपत्तिबाट बच्न केही सम्भाव्य कदम चालिनुपर्थ्यो तर त्यसतर्फ ध्यान पुगेको छैन। यो दक्षिण एसियामा मात्र सीमित नभई पश्चिमका धनी राष्ट्रहरूको लागि पनि ठूलो जिम्मेवारी हो', उनले भनेका छन्।

बिबिसीबाट

"Pathology of Islamophobia is taking its most lethal form in India, where Narendra Modi government is systematically dismantling Indian secular democracy."

~~Professor Noam Chomsky said during a special Congressional Briefing on “Worsening Hate Speech & Violence in India." pic.twitter.com/sLFqgvpuAA

— Indian American Muslim Council (@IAMCouncil) February 11, 2022