सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी आह्वान गरेको छ।
प्रस्तावित न्यायाधीशविरुद्ध सार्वजनिक उजुरीका लागि समितिले १० दिनको समय दिएको हो।बुधबार बिहान बसेको समितिको बैठले दुवैजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
न्याय परिषद्ले गत शुक्रबार सर्वोच्च अदालतका लागि दुई र उच्च अदालतमा १६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो।संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनीहरु न्यायधीश नियुक्त हुनेछन्।