फागुन १, २०७८ आइतबार

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउने कुरा बाहिर आएसँगै शेयर लगानीकर्ता आत्तिँदा आजको कारोबार बन्द नहुँदै राताम्मे बनेको छ । फागनुबाट ब्याजदर बढाउने समाचार आएपछि डराएका लगानीकर्ता आजको कारोबारमा प्यानिक सेलमा उत्रिएका हुन् । 

कारोबार सुरु भएबाटै राताम्मे बनेको बजार डेढ घण्टामा ९५ अंकले ओरालो लागेर २७०६ अंकमा पुगिसकेको छ । निरन्तर ओरालो लागिरहेको बजारमा शेयर किन्ने न्यून संख्यामा देखिएका छन् भने बिक्री गर्न चाहने लगानीकर्ताको संख्या अधिक छ । 

यो समाचार तयार पार्दासम्म २ सय २० कम्पनीको ५९ लाख कित्ता शेयर ३ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य घटेको छ भने माथिल्लो तामाकोसीको सर्वाधिक कारोबार भइरहेको छ ।