फागुन २, २०७८ सोमबार

 शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज भएको दोस्रो खेलमा एपीएफ र सङ्कटाले पनि गोलरहित बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा एफीएफ र सङ्कटाले गोलरहित बराबरी खेलेका हुन् । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली मौका बनाए पनि गोल गर्न भने सकेनन् । 

बराबरीसँगै एपीएफले १० खेलमा ११ अङ्क जोड्दै नवौँ स्थानमा रहेको छ । सङ्कटा १० खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा छ । 

यस्तै आज नै भएको पहिलो खेलमा एनआरटी र हिमालयन शेर्पाले गोलरहित बराबरी खेले ।