फागुन २, २०७८ सोमबार

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेको समयमा हिमपात र  वर्षा भएको छ ।

हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ ।

भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुना प्रभावित भएका छन् । त्यहाँको मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङसहित शान्सी, हेबइ, तियान्जिन, शिजियाङलगायत क्षेत्रमा भारी हिमपात भइरहेको जनाएको छ ।