कञ्चनपुर । राष्ट्रिय भूमि आयोग शुक्लाफाँटा नगरपालिका नगरस्तरीय सहजीकरण समितिको बैठक सम्पन्न भएको छ । सोमवार नगरपालिकाको सभाहलमा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिलबहादुर ऐरको सभापतित्व तथा राष्ट्रिय भुमी आयोग कन्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङ्गानाको प्रमुख आतिथ्यमा छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । शुक्लाफाँटा नगरपालिकाका १२ वटा वडामा छुटपिटको लगत सङ्कलन, सफ्टवेयरमा निवेदन अपडेट, निस्सा वितरण, जग्गा नापजाँच, अधुरा काम सम्पन्न गर्ने निर्णयअनुसार कार्यान्वयन गर्ने लगायतबारे छलफल भएको शुक्लाफाँटा नगरस्तरीय सहजीकरण समिति सदस्य रामबहादुर चुनाराले बताए । साथै उनले शुक्लाफाँटा नगरपालिकाले प्रत्येक वडामा दररेट कायम गरेको अवस्थामा अब राष्ट्रिय भूमि आयोगले मालपोतले तोकेबमोजिम राजस्व कायम गरिने विषयमा पनि छलफल भएको बताए । राष्ट्रिय भूमि आयोग कन्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङ्गानाले जिल्ला र नगर प्रमुख दिल बहादुर ऐरले प्रगति विवरणबारे जानकारी गराएका थिए । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १,३ र ९ मा जग्गा नापजाँचको तयारी गरिने छलफलमा बताइएको छ ।