चैत ४, २०७७ बुधबार

 तपाइ सीप सिकेर रोजगारीका लागि जान चाहनुहुन्छ ? वा विदेशबाट फर्किएर देशमै केही गर्न सीप सिक्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब निःशुल्क सीप सिक्न पाइने भएको छ । 

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने वा विदेशबाट फर्किएर सीप सिक्ने चाहनेहरूलाई निःशुल्क सीपको तालिम प्रदान गरिरहेको छ । 

बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै विभिन्न प्रकारका सीप तालिम निःशुल्क प्रदान गरिरहेको छ । 

बोर्डले आफ्नो रुचि अनुसार तालिममा सहभागी हुन अनुरोध समेत गरेको छ ।