काठमाडौं, फागुन ४ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव देशैभर सामान्य रहेको छ । सवारी साधनहरू निर्वाध चलिरहेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बन्दमा उच्छृङ्खल गतिविधि हुन नदिन गृह मन्त्रालयले देशैभरका संयन्त्रहरूलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन जारी गरेको छ ।
बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।