फागुन ५, २०७८ बिहिबार

काठमाडौं । सारथी एजेन्सी प्रालि (Mero Beema) र राष्ट्रिय बीमा संस्थानबीच बीमा व्यवसाय प्रवर्धन गर्न सम्झौता भएको छ । यस सहकार्यसँगै सारथी एजेन्सी प्रा लि (Mero Beema) राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बनेको संस्थाले जनाएको छ ।

बीमा व्यवसाय प्रवर्धनका लागि राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक कविप्रसाद पाठक तथा सारथी एजेन्सी प्रालि ( Mero Beema ) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत शंकरबहादुर घिमिरेले हस्ताक्षर गरेका छन् । आगामी दिनहरूमा यस सहकार्यलाई अझ दरिलो बनाउँदै जाने संस्थाले जनाएको छ ।