फागुन ५, २०७८ बिहिबार

 इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा बिहीबार बिहान इन्टर मिलानलाई पराजित गरेको छ ।

इटालीको सान सिरोमा भएको खेलमा लिभरपुलले २-० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १(१ गोल गरे ।

योसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो ।

अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।