फागुन ५, २०७८ बिहिबार

काठमाडौं, ५ फागुन । ग्लोबल आइएमई बैंकले अब आस्बा शुल्क लिने भएको छ । बैंकले बुधबार (फागुन ४ गते)देखि लागू हुने गरी आइपिओ निष्कानशका लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरेको हो ।

बैंकले हिजो एक सूचना जारी गरी निष्काशन भएको आइपिओलाई मध्यनजर गरेर शुल्क लिन शुरुवात गरेको जनाएको छ ।
बैंकहरूले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म आस्बा शुल्क लिने गरेका छन् ।