फागुन ६, २०७८ शुक्रबार

बिहीबार राति भएको युइएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लिगमा बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा  जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याए । उनले पेनाल्टीमा गोल गरेका थिए  । अब दोस्रो लिग नापोलीको मैदानमा हुनेछ ।