रौतहटको परोहा नगरपालिका वडा नं ९ रामपुर खापबाट सशस्त्र प्रहरी बल नेपाल बि।ओ।पी रामपुर खापले १२५ किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ न। गण बाट सशस्त्र प्रहरी जिल्ला घुमूवा टोली खटीए को कमाण्डले ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा १२५ किलो कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी ले अन्दाजी मूल्य ९एकतिस हजार दुई सय पचास रुपया बराबरको कुखुरा बरामद गरेको हो। गस्ती टोली लाई देखि कुखुरा छोडेर भागे को अवस्थामा कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बि।ओ।पी) रामपुर खापका सशस्त्र प्रहरी निरीक्षक पंकज सिंहलाई जिम्मा लगाई नष्ट गरेका छन्। जनप्रतिनिधि ,पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त कुखुरा लाई नष्ट गरेका छन ।